Market Closed

जेबिल्स फाइनान्सको ४०% हकप्रदपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

06 Jun,2018
  • Jebils-finance-Ltd_6_6_2018_11_33_46.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता १०७.१४ रुपैयाँ कायम भएको छ । कम्पनीले असार १० गतेदेखि साउन १३ गतेसम्म ४०% हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले १०ः४ को अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
 
हकप्रदमा जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Post Your Comment