Market Closed

जेबिल्स फाइनान्सको ४०% हकप्रद खुल्यो, जेठ २२ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

24 Jun,2018
  • Jebils-finance-_6_24_2018_10_29_46.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सको आइतबार (असार १० गते) देखि ४०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।
 
बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।
 
हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment