Market Closed

जेबिल्सको ४०% हकप्रद भर्ने समय १५ दिन थपियो, अब कहिलेसम्म पुग्यो म्याद ?

29 Jul,2018
  • Jebils-finance-_6_2_7_29_2018_11_20_06.jpg
नेपाली पैसा 
 
 काठमाडौं : जेबिल्स फाइनान्सले ४०% हकप्रद भर्ने म्याद थप गरेको छ । बैंकले १५ दिन समय थप गरेर हकप्रद भर्ने म्याद साउन २८ गतेसम्म पुर्याएको हो । यसअघि कम्पनीले असार १० गतेदेखि आइतबारसम्मका लागि १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । तर, अब समय थपिएकाले अब लगानीकर्ताले साउन २८ गतेसम्म भर्न सक्नेछन् ।

यसअघि निर्धारित समयमा सबै हकप्रद नबिकेपछि समय थप्नुपरेको हो । दोस्रो बजार सुस्त हुँदा हकप्रद, लिलामी तथा एफपीओमा समेत यसको असर देखिन थालेको छ । 
 
१०० रुपैयाँ अंकित मूल्यको यस हकप्रदमा जेठ २२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सहभागी हुन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । 
 
त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । 
 
 

Post Your Comment