Market Closed

जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्न अब सोमबारसम्म मात्र समय, कति पुग्छ चुक्ता पुँजी ?

12 Aug,2018
  • Jebils-finance-_6_2__8_12_2018_11_57_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । जेबिल्स हकप्रद भर्न १५ दिन समय थप गरेको हो । थपिएको समय पनि अब साउन (सोमबार) २८ गते सकिंदैछ । कम्पनीले यसअघि असार १० गतेदेखि साउन १३ गतेसम्म भर्न पाउने गरी हकप्रद खुला गरेको थियो । तर यस अवधिमा आवश्यकता अनुसार सेयर नबिकेपछि फेरि १५ दिन समय बढाइएको हो ।
 
जेबिल्सले १०ः४ अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस हकप्रदमा जेठ २२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सहभागी हुन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । 
 
त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।
 
हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।  

Post Your Comment