Market Closed

जानकी फाइनान्सले बुक क्लोज मिति पर सार्यो, अब पुस १३ देखि २५ गतेसम्म

27 Dec,2016
  • janaki_1_12_27_2016_12_43_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : जानकी फाइनान्सले बुक क्लोजको मिति सच्याएको छ । यसअघि पुस ५ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको यो फाइनान्सले मंगलबार अर्को सूचना निकालेर पुस १३ देखि २५ गतेसम्ममात्र सेयरधनी दर्ता किताब बन्द गर्ने जानकारी दिएको छ । 
 
पुस ५ को सट्टा किन १३ गतेसम्म सारिएको हो त्यसको स्पष्ट कारण भने कम्पनीले खुलाएको छैन । ३१ करोड सात लाख ८१ हजार रूपैयाँ चुक्ता पुँजी भएको यो फाइनान्सको रिजर्भ कोषमा २४ करोड ५२ करोड ९९ हजार रूपैयाँ पैसा छ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जानकी फाइनान्सले एक करोड ७५ लाख ४२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ६४ पैसा रहेको जानकीको प्रतिसेयर नेटवर्थ एक सय ७८ रूपैयाँ ९२ पैसा छ । कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 
 

Post Your Comment