Market Closed

जानकीको खुद नाफा ८४.२३% घट्यो, प्रतिसेयर आम्दानी जम्मा ८१ पैसा

02 Nov,2017
  • Janaki-finance-Ltd_11_2_2017_4_01_23.jpg
नेपाली पैसा
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जानकी फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्ष यही त्रैमासको तुलनामा ८४.२३% ले कम हो । गत वर्ष फाइनान्सले १ करोड ७५ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा जस्तै जानकीको खुद ब्याज आम्दानी पनि ७८% ले घटेर ५७ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष फाइनान्सले २ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप रकम १ अर्ब ४१ करोडबाट १ अर्ब ४३ करोड २७ लाख ४१ हजार रुपैयाँ पुर्याएको जानकीले १ अर्ब ३६ करोड ४४ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको चुक्ता पुँजी ३४ करोड १८ लाख ५९ हजार रुपैयाँ छ भने जगेडा कोषमा २९ करोड ९३ लाख ८४ हजार रुपैयाँ जम्मा गरेको छ । चुक्ता पुँजीको आधारमा कम्पनीको जगेडा कोषलाई भने ठिकै मान्न सकिन्छ । जानकीको खराब कर्जामा भने भारी वृद्धि भएर ७% पुगेको छ । गत वर्ष फाइनान्सको खराब कर्जा २.६९% मात्र थियो । जानकीको प्रतिसेयर आम्दानी ८१ पैसामा सीमित हुँदा प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ५७ पैसा रहेको छ ।

Post Your Comment