Market Closed

जानकी फाइनान्सको पुस ३० मा एजीएम, १८% बोनस संस्थापक सेयर स्वामित्व घटाइने

27 Dec,2017
  • Janaki-finance-L_12_27_2017_1_19_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : जानकी फाइनान्सको २१ औं वार्षिक साधारण सभा पुस ३० मा हुने भएको छ । फाइनान्सले १८% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैैछ । जानकीले नगद लाभांश (कर प्रयोजन) को लागि ३२ लाख ३८ हजार ६६५.१६ रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा राख्नेछ । बोनसका लागि भने कम्पनीले ६ करोड १५ लाख ३४ हजार ६३८ रुपैयाँ खर्च गर्नेछ । यस्तै, संस्थापक समूहको सेयर अनुपात ६०% बाट घटाएर ५१% मा झार्ने र घटाएको ९% सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि पेश गर्दैछ । साधारण सभा पेट्रोलियम डिलर्स एसोसिएसन, जनकपुर ९ मा रहेको सभा हलमा बिहान ९ बजे सुरु हुनेछ । जानकीले पुँजी गर्नका लागि कम्पनीको नियमावलिमा संशोधन गर्ने र आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुत्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ । यसआधारमा पुस १८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश पाउन सक्नेछन् । हाल जानकीको चुक्ता पुँजी ३४ करोड १८ लाख ५९ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८१ पैसा मात्र रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ५७ पैसा छ । 
 
 
 
 
 
 
 
 

Post Your Comment