जानकी फाइनान्सको १८% बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, पुस ३० मा एजीएम

02 Jan,2018
  • Janaki-finance-Ltd_11_1_2_2018_11_39_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : जानकी फाइनान्सको १८% बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । पुस ३० मा एजीएम गर्न जानकीले बुधबार (पुस १९ गते) देखि बुक क्लोज गर्दैछ । साधारण सभामा फाइनान्सले नगद लाभांश (कर प्रयोजन) का लागि ३२ लाख ३८ हजार ६६५.१६ रुपैयाँ वितरण गर्ने प्रस्ताव राख्नेछ । यस्तै, संस्थापक समूहको सेयर अनुपात ६०% बाट घटाएर ५१% मा झार्ने र घटाइएको ९% सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि पेश हुँदैछ । साधारण सभा पेट्रोलियम डिलर्स एसोसिएसन, जनकपुर ९ मा रहेको सभा हलमा बिहान ९ बजे सुरु हुनेछ । जानकीले पुँजी वृद्धि गर्न नियमावलीमा संशोधन गर्ने र आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । चालु आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । हाल जानकीको चुक्ता पुँजी ३४ करोड १८ लाख ५९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८१ पैसा मात्र रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ५७ पैसा छ । 
 
 
 

Post Your Comment