Market Closed

जानकी फाइनान्सको १८% बोनस सेयरपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

03 Jan,2018
  • Janaki-finance-Ltd_1_3_2018_11_32_06.jpg
नेपाली पैसा
 
काठमाडौं : जानकी फाइनान्सको १८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बुधबार जानकीको सेयर कारोबार १८६ रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २३५ रुपैयाँ छ । पुस ३० मा एजीएम गर्न फाइनान्सले आज (पुस १९ गते) देखि बुक क्लोज गरेको छ । यसआधारमा मंगलबार (पुस १८ गते) सम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । यस्तै, सभामा जानकीले बोनसमा लाग्ने कर तिर्नका लागि ३२ लाख ३८ हजार ६६५.१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि राख्नेछ । संस्थापक समूहको सेयर अनुपात ६०% बाट घटाएर ५१% मा झार्ने र घटाएको ९% सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
 
साधारण सभा पेट्रोलियम डिलर्स एसोसिएसन, जनकपुर ९ मा रहेको सभा हलमा बिहान ९ बजे सुरु हुनेछ । जानकीले पुँजी वृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने र आर्थिक वर्ष २०७३–७४ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा लैजादैछ । चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । हाल जानकीको चुक्ता पुँजी ३४ करोड १८ लाख ५९ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८१ पैसा मात्र रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ५७ पैसा छ ।

Post Your Comment