Market Closed

जानकीले ४ करोड २३ लाख रुपैयाँ राइट ब्याक गर्दा पनि खुद नाफामा भने यसरी आयो ४६.८०% गिरावट

02 Feb,2018
  • Janaki-finance-Ltd_2_2_2018_10_53_57.jpg
नेपाली पैसा
 
काठमाडौं : जानकी फाइनान्सको खुद नाफामा ४६.८०% को गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ५१ लख ९० हजार रुपैयाँ रहेको खुद नाफा यसपालि २ करोड ४० लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा कमि र सञ्चालन घाटा व्यहोर्दा जानकीको खुद नाफा पनि खुम्चिएको हो । खुद ब्याज आम्दानी ३३.३२% ले ओरालो लागेको छ । यो त्रैमासमा जानकीको खुद ब्याज आम्दानी ३ करोड ८१ लख २८ हजार रुपैयाँ छ । यसैगरी, फाइनान्स ५० लाख ९० हजार रुपैयाँ सञ्चालन घाटामा छ । गत वर्षको यही अवधिमा भने कम्पनीले ४ करोड ७६ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यता, जानकीले ४ करोड २३ लाख ३३ हजार रुपैयाँ राइट ब्याक गरेको छ । सम्भावित जोखिमका लागि ३ करोड ९२ लाख ५८ हजार रुपैयाँ छुट्याएको छ ।
 
जानकीले १ अर्ब ४९ करोड २२ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३० करोड ४ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता, खराब कर्जा पनि ५.८३% बाट बढेर ९.६६% पुगेको छ । कस्ट अफ फन्ड ७.४३% बाट १०.०४% भएको छ । कम्पनीको चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्ष भन्दा १७.९९% ले बढेको हो । रिजर्भ कोषमा भने १८ करोड ४३ लाख ५६ हजार रुपैयाँ जम्मा भएको छ । जानकीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ ।
 

Post Your Comment