जानकीको महाप्रबन्धकमा रजनीश कुमार सिंह नियुक्त, बुधबारदेखि नै सुरु भयो जिम्मेवारी

22 Feb,2018
  • Janaki-finance-Ltd_2_22_2018_12_56_14.jpg
नेपाली पैसा
 
काठमाडौं : जानकी फाइनान्सले रजनीश कुमार सिंहलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । यसअघि कार्यरत महाप्रबन्धक राम नृत्य शर्माले बुधबार (फागुन ९ गते) राजिनामा दिएपछि सोही दिनदेखि लागू हुनेगरी सिंहलाई महाप्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघि गत पुस ३० गते जानकीले वार्षिक साधारण सभा गरी ३ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधारण सेयरधनी सञ्चालकको रुपमा नियुक्त गरेको थियो । जानकीले सभाबाट १८% बोनस सेयर पनि पारित गरी चुक्ता पुँजी ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । दोस्रो त्रैमासमा फाइनान्सको खुद नाफा २ करोड ४० लाख ४० हजार रुपैयाँ रहेको छ ।

Post Your Comment