जनउत्थान लघुवित्तको २०% बोनस, कर तिर्न १.०५% नगद पनि

23 Oct,2017
  • bonus_10_23_2017_12_28_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांस दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो । हाल जनउत्थानको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । २०% बोनसपछि भने चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ पुग्नेछ । यो लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ६० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ ७७ पैसा छ । 
 
 
 

Post Your Comment