जनउत्थानले २०% बोनसपछि १००% हकप्रद ल्याउने, पुस ३० मा एजीएम

24 Dec,2017
  • Janautthan-Samudayic-Laghubitta--bikas-bank-Ltd_12_24_2017_12_39_53.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले गत वर्षको मुनाफाबाट २०% बोनस र १.०५% नगद लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । जनउत्थानले ४८ लाख रुपैयाँ बराबरको बोनस र कर तिर्न २ लाख ५२ हजार ६३१ रुपैयाँ नगद दिन लागेको हो । लघुवित्तले बोनसपछि कायम हुने चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । यसैगरी, कम्पनीको अधिकृत पुँजी २ करोड ४० लाखबाट १० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभामा लागिंनेछ । कम्पनीको साधारण सभा रोज पार्टी प्यालेस कालिका नगर बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बोनस सेयर पाउन पुस १७ गतेसम्म जनउत्थानको सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले साधारण सभाका लागि पुष १८ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । जनउत्थानको पहिलो त्रैमाससम्म चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५१.६७ (वार्षिक) रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३.५६ रुपैयाँ छ ।

Post Your Comment