जनउत्थानको २१.०५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ३० मा एजीएम

01 Jan,2018
  • Janautthan-Samudayic-Lagh_1_1_2018_10_37_33.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २१.०५% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । जनउत्थानले पुस ३० गते हुने वार्षिक साधारण सभामा २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि मंगलबारदेखि सभा हुने दिनसम्म बुक क्लोज हुँदैछ । लभांश पाउन बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बनिसक्नुपर्नेछ । यसआधारमा, नयाँ लगानीकर्ताले पनि लाभांश पाउन सोमबार नै जनउत्थानको सेयर किनेको हुनुपर्नेछ । कम्पनीले बोनसपछि कायम हुने चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँमा १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । जनउत्थानले पहिलो त्रैमासमा ३७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ५१ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ५६ पैसा छ । 
 
 

Post Your Comment