Market Closed

जनउत्थान लघुवित्तको २०% बोनसमा भयो मूल्य समायोजन, कति रुपैयाँमा खुल्यो कारोबार ?

02 Jan,2018
  • Janautthan-Samudayic-Lag_1_2_2018_11_00_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि मंगलबार बजार खुल्दा जनउत्थानको सेयर भाउ ३ हजार ८३ रुपैयाँलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १९ सय ७५ रुपैयाँ रहेको छ । पुस ३० मा हुने साधारण सभामा कम्पनीले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव गर्दैछ । त्यस्तै, कम्पनीले बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा लैजाँदैछ । हाल कम्पनीको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको त्रैमासमा जनउत्थानले ३७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ५६ पैसा छ । 
 
 
 
 
 
 
 

Post Your Comment