जनउत्थानको खुद नाफा १९.१७% घट्यो, प्रतिसेयर आम्दानी ५० रुपैयाँ १८ पैसा

14 Feb,2018
  • Janautthan-Samudayic-_2_14_2018_12_58_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा १९.१७% घटेको हो । गत वर्ष जनउत्थानले ८९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, जनउत्थानको खुद ब्याज आम्दानी भने गत वर्षको भन्दा ७% बढेर २ करोड ५२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ५३ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा १ करोड २७ लाखबाट ओरालो लागेर १ करोड ९ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । 
 
चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको जनउत्थानको रिजर्भ कोषमा ३ करोड ६२ लाख ११ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा हेर्दा कम्पनीको रिजर्भ कोष आकर्षक देखिन्छ । प्रोभिजनमा ३७ लाख ९ हजार रुपैयाँ राखेको यस कम्पनीले ३ लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । जनउत्थानको खराब कर्जा भने थोरैले घटेर १.४८% मा झरेको छ । गत वर्ष खराब कर्जा १.५२% रहेको थियो । प्रतिसेयर आम्दानी ५० रुपैयाँ १८ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने २२५ रुपैयाँ ७३ पैसा छ । 
 
 
 
 
 
 
 

Post Your Comment