Market Closed

ज्योति लाइफको नाफा २१.८७% ले घट्यो, आइपीओ ल्याउने तयारी

07 Nov,2018
  • report_11_7_2018_10_00_42.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १ लाख ९२ हजार १८८ रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २१.८७% ले घटेको हो । गत वर्ष ज्योतिले ३ करोड ८६ लाख ४७ हजार ३५ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले खुद बिमा शुल्क २२ लाख ८९ हजार रुपैयाँबाट बढाएर १२ करोड २ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । ज्योति लाइफको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ ।

बिमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन कम्पनीले न्यूनतम ४६ करोड रुपैयाँको आइपीओ जारी गर्नुपर्ने हुन्छ । नयाँ जीवन बिमा कम्पनीहरु कुनैले पनि आइपीओ जारी गरेका छैनन् । अब केही समयपछि धमाधम आइपीओ जारी गर्ने प्रक्रिया सुरु हुनेछ । 
 
यसको जगेडा कोषमा १४ करोड ३३ लाख ६२ हजार ८०४ रुपैयाँ रहेको छ । ज्योतिले महाविपत्ति कोषमा १ करोड १५ लाख २ हजार ३०४ रुपैयाँ छुट्याएको छ ।

यस्तै, जीवन बीमा कोषमा २२ करोड ६० लाख ४७ हजार ७३३ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा रहेको यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६ पैसा छ ।
 

Post Your Comment