Market Closed

अपि पावर र कञ्चन डेभलपमेन्ट बैंकको बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

07 Jan,2018
  • Price_adjustment_1_7_2018_11_55_05.jpg
नेपाली पैसा
 
काठमाडौं : अपि पावर कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । अपिको ८% बोनस समायोजनपछि भाउ प्रतिकित्ता ४३५ रुपैयाँ कायम भएको छ । आइतबार यसको सेयर कारोबार पनि ४३५ रुपैयाँलाई नै आधार मानेर खुलेको छ । अपिको औसत आधार मूल्य भने ४११ रुपैयाँ हो । कम्पनीले पुस ३० गते साधारण सभा गर्न शुक्रबारदेखि बुक क्लोज गरेको हो । सभामा ८% बोनस सेयर र २००% हकप्रद सेयर दिने प्रस्ताव छ । अपिको चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ६.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११०.२ रुपैयाँ छ ।
 
यता, कञ्चन डेभलपमेन्ट बैंकको पनि १२.३३% बोनस समायोजनपछि सेयर भाउ प्रतिकित्ता २१० रुपैयाँ कायम भएको छ । आइतबार कञ्चनको सेयर कारोबार पनि समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २१५ रुपैयाँ हो । पुस २९ मा साधारण सभा गर्न बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो । सभामा १२.३३% बोनस सेयर र कर तिर्न ०.६५% नगद लाभांंश दिने प्रस्ताव छ । हाल कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा छ ।
 

Post Your Comment