Market Closed

नेप्सेमा थपियो १८ लाख ३४ हजार कित्ता सेयर, ३ कम्पनीको हकप्रद सूचीकृत

28 Dec,2017
  • Listing_12_28_2017_3_17_06.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बिहीबार ३ कम्पनीको १८ लाख ३४ हजार ६० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । समिट माइक्राफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्सले हकप्रद सेयर सूचीकृत गराएका छन् । समिटको ७ लाख १६ हजार ५६० कित्ता सेयर सूचीकृत भएको हो । यो माइक्राफाइनान्सले गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म १००% हकप्रद सेयर बिक्री गरेको थियो । यसैगरी, कञ्चन डेभलपमेन्ट बैंकले पनि १० लाख ३९ हजार ५०० कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ । बैंकले असार ३० गतेदखि भदौ १ गतेसम्म ३०% हकप्रद बिक्री खुला गरेको थियो । यही हकप्रद सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो । यता, किसान माइक्रोफाइनान्सले पनि २४.२२% हकप्रद सेयर सूचीकृत गराएको छ । किसानले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म बिक्री खुला गरेको ७८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । 

Post Your Comment