Market Closed

कञ्चनको मंसिर १५ देखि १४ हजार कित्ता सेयर लिलामीमा आउँदै

23 Nov,2017
  • Kanchan-development-bank_11_23_2017_10_50_54.jpg
नेपाली पैसा
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले मंसिर १५ गतेदेखि सर्वसाधारण समूहको १४ हजार ५६५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कञ्चनले असार ३० देखि भदौ १ गतेसम्म ३०% (१० लाख ३९ हजार ५०० कित्ता ) हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर लिलामीमा ल्याउन लागेको हो । यो लिलामीमा मंसिर २६ गतेसम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । आवेदकले प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानेर बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । काठमाडौं बाहिरका आवेदकले भने ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज र सुर्खेत शाखाबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् । यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको शाखा कार्यालय धनगढीबाट पनि आवदेन फारम भर्न र बुझाउन सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा रहेको छ ।
 
 
 
 

Post Your Comment