Market Closed

कञ्चन डेभलपमेन्ट बैंकको १४ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

12 Dec,2017
  • Kanchan-development-bank-Ltd_12_12_2017_10_11_17.jpg
नेपाली पैसा
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकको १४ हजार ५६५ कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयभित्र लिलामी भरिसक्नुपर्नेछ । बैंकले ३०% (१० लाख ३९ हजार ५०० कित्ता ) हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर मंसिर १५ गतेदेखि लिलामीमा ल्याएको हो । कञ्चनले गत असार ३० गतेदेखि भदौ १ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई  क्यापिटल हो । आवेदकले प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानेर बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । काठमाडौं बाहिरका आवेदकले भने ग्लोबल आइएमई बैंकको वीरगंज, विराटनगर, पोखरा, बुटवल, नेपालगंज र सुर्खेत शाखाबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् । यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको शाखा कार्यालय धनगढीबाट पनि आवदेन फारम भर्न र बुझाउन सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा छ ।

Post Your Comment