Market Closed

कञ्चनले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा पुस १६ देखि फिर्ता दिने

21 Dec,2017
  • Kanchan-development-bank-Ltd_12_21_2017_4_48_04.jpg
नेपाली पैसा
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले पुस १६ गतेदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिने भएको छ । कम्पनीले आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता गर्ने जनाएको छ । बैंकले मंसिर १५ गतेदेखि २६ गतेसम्म सर्वसाधारण समूहको १४ हजार ५६५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कञ्चनको लिलामी बुधबार (पुस ५ गते)  बाँडफाँट गरिएको हो । यो लिलामीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४५ करोड ४ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको कञ्चनको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा रहेको छ । 

Post Your Comment