Market Closed

कञ्चनको १२.३३% बोनस पारित गर्न पुस २९ मा साधारण सभा, पुुस २१ मा बुक क्लोज

22 Dec,2017
  • Kanchan-development-bank-Ltd_12_22_2017_12_39_59.jpg
नेपाली पैसा
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले १२.३३% बोनस सेयर पारित गराउन पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले बोनस सेयरमा लाग्ने कर तिर्न ०.६५% नगद लाभांश दिने प्रस्ताव पनि सभामा लैजानेछ  । कञ्चनले कुल ५ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न २९ लाख २३ हजार ६ सय ८४.२१ रुपैयाँ नगद लाभांश दिन लागेको हो । साधारण सभा पुस २९ गते होटल ओपेरा महेन्द्र नगर कञ्चनपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाका लागि पुस २१ गते एक दिन बुक क्लोज हुनेछ । लाभांश पाउन बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बनिसक्नुपर्नेछ । कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा छ । 

Post Your Comment