Market Closed

कञ्चनको पनि १२.३३% बोनस सुरक्षित गर्ने बिहीबार नै अन्तिम दिन, पुस २९ मा एजीएम

04 Jan,2018
  • Kanchan-development-bank_1_4_2018_11_27_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकको पनि १२.३३% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । पुस २९ मा सभा गर्न बैंकले शुक्रबार (पुस २१ गते) देखि बुक क्लोज गर्दैछ । बिहीबार (पुस २० गते) सम्म मात्र कायम सेयरधनीले बोनस पाउन सक्नेछन् । साधारण सभामा बैंकले ०.६५% नगद लाभांश दिने प्रस्ताव पनि सभामा लैजादैछ । कञ्चनले कुल ५ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न २९ लाख २३ हजार ६ सय ८४.२१ रुपैयाँ नगद लाभांश दिन लागेको हो । साधारण सभा होटल ओपेरा महेन्द्रनगर कञ्चनपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । हाल कञ्चनको चुक्ता पुँजी ४४ करोड ८९ लाख ९३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९७ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा छ ।
 

Post Your Comment