Market Closed

कञ्चनको खुद नाफा ४.९२% बढ्दा खराब कर्जा ०.६६% मा सीमित

18 Jan,2018
  • Kanchan-development-bank-Ltd_1_18_2018_10_41_33.jpg
नेपाली पैसा
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड १२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो खुद नाफा गत वर्षको भन्दा ४.९२% ले धेरै हो । गत वर्षको दोस्रो त्रैमासमा कञ्चनले २ करोड ९७ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ६.२५% ले बढोत्तरी भएर ८ करोड १२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कञ्चनले ७ करोड ६४ लाख ८१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप २ अर्ब ३४ करोडबाट बढोत्तरी गरेर ३ अर्ब २६ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुर्याएको कञ्चनले २ अर्ब ९२ करोड ३० लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ४५ करोड ४ लाख ५० हजार रुपैयाँ कञ्चनको रिजर्भकोषमा भने १४ करोड १८ लाख ९१ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ कोष बढाउनुपर्ने देखिन्छ । कञ्चनको खराब कर्जामा भने सुधार आएको छ । गत वर्ष १.९७% रहेको बैंकको खराब कर्जा यो त्रैमासमा घटेर ०.६६% मा सीमित भएको छ । सम्भावित जोखिमका लागि ५४ लाख ३० हजार रुपैयाँ छुट्याएको कञ्चनले ६ लाख ९२ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५० पैसा रहेको छ । 

Post Your Comment