Market Closed

कञ्चनको खुद नाफा १३.१४% ले घट्यो, ब्याज आम्दानी भने यसरी बढ्यो

01 May,2018
  • Kanchan-development-bank-Lt_5_1_2018_11_23_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ९८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा १३.१४% थोरै हो । गत वर्ष कञ्चनले ४ करोड ५९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने ८.८७% ले बढाएर १२ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कञ्चनले ११ करोड ७२ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
सञ्चालन नाफा ६ करोड ६४ लाखबाट घटेर ५ करोड ७९ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ । चुक्ता पुँजी ५० करोड ६० लाख रुपैयाँ रहेको कञ्चनको रिजर्भ कोषमा ८ करोड ८७ लाख ७६ हजार रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मान्दा रिजर्भ सुधार्नुपर्ने देखिन्छ । 
 
गत वर्ष चुक्ता पुँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको थियो भने रिजर्भ कोषमा ८ करोड १८ लाख ८९ हजार थियो । निक्षेप २ अर्ब ३४ करोडबाट बढाएर ३ अर्ब ४३ करोड ५४ लाख १४ हजार रुपैयाँ पुर्याएको कञ्चनले ३ अर्ब ३ करोड ६६ लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी भएको थियो । खराब कर्जा पनि २.१७% बाट बढेर २.६१% पुगेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५१ पैसा (वार्षिक) रहेको कञ्चनको प्रतिसेयर नेटवर्थ भने ११७ रुपैयाँ ५४ पैसा छ । 

Post Your Comment