Market Closed

कैलाशको एकीकृत कारोबार शुरू

02 Jun,2016
  • kailash-bikas-bank_6_2_2016_12_42_36.jpg

 

काठमाडौं । कैलाश विकास, मेट्रो डेभलपमेण्ट बैङ्क र नेपाल एक्सप्रेस फाइनान्सले सोमवारबाट एकीकृत कारोबार थालेका छन् । मर्जपछि कैलाश विकास बैङ्ककै नामबाट कारोबार सञ्चालन भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले पोखराको न्यूरोडस्थित बैङ्कको भवन उद्घाटन गरेसंगै एकीकृत कारोबारको शुरू भएको घोषणा गरिएको छ ।  

मर्जका लागि गत कात्तिकमा तीन संस्थाबीच सहमति भएको थियो । मर्जपछि बनेकोे बैङ्कको चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार मर्जरअघि कैलाश विकासको चुक्तापूँजी १ अर्ब ११ करोड २ लाख रुपैयाँ थियो भने नेपाल एक्सप्रेसको २९ करोड ८४ लाख र मेट्रोको २५ करोड १० लाख थियो । मर्जपछि बनेको बैङ्कको अध्यक्षमा राजेन्द्र गिरी र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णराज लामिछाने  रहने भएका छन् । उनीहरू दुवैले कैलाश बिकासबाट निरन्तरता पाएका हुन् ।

सञ्चालक समितिमा कैलाशका अध्यक्ष गिरीसहित गोपाल पौडेल, दीपक श्रेष्ठ र सुरेश उपाध्याय तथा मेट्रोका अध्यक्ष नारायण बराल र नेपाल एक्सप्रेसका तत्कालीन सीईओ सुनीलनारायण श्रेष्ठले प्रतिनिधित्व गरेका छन् । मेट्रोका सीईओ सूर्यप्रसाद तिवारी मर्जपछि सहायक महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हाल्दै छन् । बैङ्कका सीईओ लामिछानेले विकास बैङ्कमध्ये कर्जा प्रवाह, निक्षेप सङ्कलन र पूँजीको आधारमा मर्जपछि बनेको यस बैङ्क एक नम्बरमा आएको दाबी गरे ।

२०७४ असार मसान्तसम्म चुक्ता पूँजी २ अर्ब ५० करोड पु¥याउन चालू आवको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने र २० प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना रहेको उनले बताए । तोकिएको पूँजी पु¥याउँन पुनः हकप्रद शेयर जारी गर्ने  योजना समेत बैङ्कको रहेको छ । मर्जपछि बैङ्कको मुख्य कार्यालय काठमाडौंमा र क्षेत्रीय कार्यालय पोखरामा रहने छ ।अभियान

 


Post Your Comment