Market Closed

कैलाशलाई पनि प्रतिसेयर आम्दानीले नै पार्यो मारमा, किन घट्यो नाफा ?

05 Nov,2017
  • Kailash-bikas-bank-Ltd_11_5_2017_11_34_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकासित गरेको छ । गत वर्षको भन्दा नाफा २५.३१% ले घटेको हो । गत वर्ष कैलाशले १३ करोड १ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि २७.१७% ले घटेर १५ करोड ४५ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष कैलाशले २१ करोड २१ लख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप १५ अर्ब रुपैयाँबाट वृद्धि गरेर १८ अर्ब ६२ करोड ९४ लाख १० हजार रुपैयाँ पुर्याएको यस बैंकले १५ अर्ब ९८ करोड ९५ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । प्रोभिजनमा १ करोड ७५ लाख १३ हजार रुपैयाँ राखेको कैलाशले १ करोड ५२ लाख ४५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । चुक्ता पुँजी २ अर्ब २९ करोड १४ लाख ८७ हजार रुपैयाँ रहेको यस विकास बैंकको जगेडा कोषमा भने १ अर्ब ८ करोड ४४ लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ५८ करोडरुपैयाँभन्दा बढी थियो । यता, बैंकको खराब कर्जा भने थोरैले घटेर ०.९१% मा आइपुगेको छ । गत वर्ष कैलाशको खराब कर्जा ०.९८% रहेको थियो । कस्ट अफ फन्ड ४.७८% बाट बढेर ८.७७% र कर्जा निक्षेप अनुपात ७८.१५% बाट घटेर ७२.७२% आइपुगेको छ । 
कैलाशको प्रतिसेयर आम्दानी भने दोब्बरले घटेर १६ रुपैयाँ ९७ पैसा (वार्षिक) मा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा थियो । यस्तै, प्रतिसेयर नेवटर्थ पनि १५ रुपैयाँ ५९ पैसाले घटेर १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ । गत वर्ष कैलाशको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ९२ पैसा थियो । चुक्ता पुँजी बढे अनुपातमा व्यापार विस्तार हुन नसक्दा नाफा र प्रतिसेयर आम्दानीमा असर परेको हो । 
 
 
 
 
 
 
 
 
 

Post Your Comment