Market Closed

कैलाशले मंसिर १५ मा बोलायो एजीएम, किन परिवर्तन भयो पूर्वघोषित नगद लाभांश ?

12 Nov,2017
  • Kailash-bikas-bank-Ltd_11__11_12_2017_11_58_45.jpg
नेपाली पैसा
 
काठमाडौं : कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गराउन मंसिर १५ गते साधारण सभा बोलाएको छ । बैंकले यसअघि नै चुक्ता पुँजीको १० प्रतिशतले हुने २२ करोड ९१ लाख ४८ हजार ८ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको थियो । यसलाई साधारण सभाबाट पारित गराउन मात्र बाँकी छ । यस्तै, बैंकले ९.४५ प्रतिशतका दरले  २१ करोड ६५ लाख ५८ हजार ३०० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यसअघि ९.५०% नगद लाभांश दिने घोषणा गरे पनि राष्ट्र बैंकको पत्र अनुसार नगद लाभांशमा परिवर्तन गरिएको बैंकले जनाएको छ । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड  ६ लाख ३५ हजार ९२० रुपैयाँ पुग्नेछ । साधारण सभाका लागि मंसिर १ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुनेछ । बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । साधारण सभा युनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा विहान १० बजेदेखि सुरु हुनेछ । 
 
 
 
 

Post Your Comment