Market Closed

कैलाश विकास बैैंकको प्रगति सुस्त, ब्याज आम्दानी घट्दा खुद नाफा प्रभावित

26 Jan,2018
  • Kailash-bikas-ban_1_26_2018_12_09_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.८३% ले  मात्र नाफा बढाएको छ । यस त्रैमासमा कैलाशले २६ करोड ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष बैंकले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको भन्दा १४.२८% ले घटेर ३९ करोड ६७ लाख ६५ हजार रुपैयाँमा ओर्लिएको छ । गत वर्ष कैलाश ४६ करोड २९ लाख ९ हजार रुपैयाँ खुद आम्दानी गर्न सफल भएको थियो । यस्तै, बैंकको सञ्चालन नाफा पनि ३४ करोडबाट घटेर २८ करोड २२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आउँदा त्यसको असर खुद नाफामा परेको हो । कैलाशले ४ करोड ६४ लाख ३७ हजार रुपैयाँ राइट ब्याक गर्दा २ करोड ७२ लाख ६६ हजार रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ । निक्षेप १५ अर्बबाट बढोत्तरी गरेर १९ अर्ब ११ करोड ३४ लाख १६ हजार रुपैयाँ पुयाएको कैलाशले १७ अर्ब ५१ करोड ९२ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको कैलाशको रिजर्भ कोषमा भने ८० करोड १६ लाख ११ हजार रुपैयाँ छ ।

रिजर्भ कोषलाई पनि बैंकले दर्बिलो बनाउनुपर्ने देखिन्छ । गत वर्ष बैंकको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५४ लाख २० हजार रुपैयाँ मात्र थियो । बैंकको खराब कर्जामा भने सुधार भएको छ । ०.७०% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.५६% मा झरेको छ । उता, कस्ट अफ फन्ड भने करिब दोब्बरले बढेर ८.५५% पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.१४% रहेको छ । गत वर्ष कस्ट अफ फन्ड ४.९७% र कर्जा निक्षेप अनुपात ७८.३१% रहेको थियो । यता, बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुवै घटेको छ । गत वर्ष २६ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको प्रतिसेयर आम्दानी यो त्रैमासम्म आइपुग्दा घटेर २१ रुपैयाँ ११ पैसा (वार्षिक) ओर्लिएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि ५ रुपैयाँ ३ पैसाले घटेर १३१ रुपैयाँ ८० पैसा कायम भएको छ । गत वर्ष कैलाशको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा थियो । 
 
 
 
 
 

Post Your Comment