Market Closed

कैलाश विकास बैंकका संस्थापकले सेयर बिक्री गर्दै, भाउ कति होला ?

21 Feb,2018
  • Kailash-bikas-bank-Ltd_2_21_2018_12_13_58.jpg
नेपाली पैसा
 
काठमाडौं : कैलाश विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । यो सेयरमा कैलाश विकास बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकले कति कित्ता सेयर कति रुपैयाँ दरमा बिक्री गर्न लागेको हो भन्ने खुलाएको छैन । आवेदन दिंदा आफूले खरिद गर्ने सेयर कित्ताको मूल्य र संख्याको व्यहोरा लगानीकर्ताले नै खुलाउनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको मिति (फागुन ९) देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय न्यूप्लाजा मार्ग पुतलिसडक काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

यो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने सर्वसाधारणले पनि किन्न पाउनेछन् । हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २६ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी  २१ रुपैयाँ ११ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ । 
 

Post Your Comment