Market Closed

कैलाश विकास बैंकको खुद नाफामा ६.२३% सुधार, प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ

24 Apr,2018
  • Kailash-bikas-bank-Ltd_4_24_2018_3_24_58.jpg
नेपाली पैसा
 
काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३९ करोड ९ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कैलाशको नाफा गत वर्षको यही अवधिको तुलनामा ६.२३% ले बढेको हो । गत वर्ष खुद नाफा ३६ करोड ७९ लाख ९५ हजार रुपैयाँ रहेको थियो । यो बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्ष ६७ करोड ५ लाख ९५ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ६४ करोड १३ लाख ३७ हजार रुपैयाँमा आएको छ ।
 
यसैगरी, सञ्चालन नाफा पनि ४७ करोड ४१ लाख ४५ हजार रुपैयाँबाट घटेर ४६ करोड ३ लाख २२ हजार रुपैयाँ भएको छ । कैलाशलाई नाफा वृद्धि गर्न केही हदसम्म राइट ब्याकको साथ मिलेको छ । तेस्रो त्रैमाससम्म यो बैंकले ५ करोड ९६ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
 
 बैंकले २० अर्ब ३६ करोड ११ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३९ करोढ ७१ लख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा ०.४६% र कस्ट अफ फन्ड ९.४०% छ । गत वर्ष खराब कर्जा ०.९३% थियो भने कस्ट अफ फन्ड ५.८५% थियो ।
 
कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ९३ करोड ६ लाख ९९ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।

Post Your Comment