Market Closed

कैलाशको खुद मुनाफा रू.१३ करोड ६६ लाख

02 Feb,2016
  • kailash_bikash_2_2_2016_3_38_56.jpg

माघ १९, काठमाडौं । कैलाश विकास बैङ्कको पुस मसान्तसम्ममा खुद मुनाफा रू.१३ करोड ६६ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनमा २२ प्रतिशत बढी हो ।

सञ्चालन मुनाफा १६ प्रतिशत र खुद व्याज आम्दानी ११ प्रतिशत बढेकोले मुनाफा बढ्न टेवा पुगेको हो । समिक्षा अवधिमा बैङ्कले जोखिम वापतको व्यवस्था शून्य दशमलव ९४ प्रतिशत घटाएको छ । त्यसैगरी गत आवमा २ दशमलव ८ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा १ दशमलव ५९ प्रतिशतमा समित पारेको छ ।

Post Your Comment