Market Closed

कुमारी र देवःको असार २८ बाट एकीकृत कारोबार सुरु हुने

30 Jun,2020
  • acquire_6_30_2020_10_27_50.jpg
नेपाली पैसा
 
काठमाडौं : कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर गरेर असार २८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ । यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । एक्विजिसन प्रक्रियाका कारण देवःको   गत असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।
 
 

Post Your Comment