Market Closed

कुमारी बैंकको खुद नाफा ७४ करोड, ४३ करोड राइट ब्याक

07 Aug,2016
  • kumari_bank_8_7_2016_12_59_41.jpg
नेपाली पैसा 
काठमाडौं : कुमारी बैंकले ७४ करोड एक लाख ११ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
अघिल्लो वर्षभन्दा नाफा ३४ करोड ५३ लाख २३ हजार रूपैयाँले बढेको हो । अघिल्लो वर्ष बैंकले जम्मा ३९ करोड ४७ लाख ८८ हजार रूपैयाँ खुद नाफा बुक गरेको थियो । 
 
बैंकले सम्भावित जोखिममा छुट्याएको पैसा ठूलोमात्रामा राइट ब्याक गर्न सक्दा नाफा बढी देखिएको हो । कुमारीले ४३ करोड २० लाख १९ हजार रूपैयाँ राइट ब्याक गरेको छ । 
 
निकै पुरानो भए पनि बैंक अर्बपतिको सूचीमा भने अझै उक्लिन सकेको छैन । एनसीसीलगायतका बैंकसँग मर्ज प्रक्रिया तोडेपछि कुमारी अब कसरी अघि बढ्छ भन्ने सबैमा चासो छ । 
 
दुई अर्ब ६९ करोड ९१ लख ६७ हजार रूपैयाँ चुक्ता पुँजी भएको कुमारीको रिजर्भ कोषमा एक अर्ब ३८ करोड ८२ लाख ६० हजार रूपैयाँ जम्मा भएको छ । 
 
बैंकको व्यापार विस्तार पनि अलिसुस्त नै देखिन्छ । यसअवधिमा ३७ अर्ब ९५ करोड पाँच लाख २५ हजार रूपैयाँ निक्षेप संकलन गर्दा ३० अर्ब ११ करोड १४ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह भएको छ । 
 
बैंकले एक अर्ब १७ करोड ५४ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सम्भावित जोखिमका लागि १५ करोड ३० लाख ३७ हजार रूपैयाँ छुट्याएको छ ।  
 
खराब कर्जा १.११ प्रतिशत, कोषको लागत ४.४१ प्रतिशत, प्रतिसेयर आम्दानी २७.४२ पैसा, प्रतिसेयर नेटवर्थ १५१.४३ रूपैयाँ बैंकको आधारभूत सूचक रहेका छन् । 

Post Your Comment