Market Closed

कुमारी बैंकले ५० प्रतिशत हकप्रद दिने, चुक्ता पुँजी चार अर्ब पुग्दै

26 Sep,2016
  • kumari-bank_9_26_2016_12_23_34.jpg
नेपाली पैसा 
काठमाडौं : कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
 
बैंक सञ्चालक समितिको आइतबार बसेको बैंठकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । 
 
एनसीसी बैंकसँग मर्ज भाँडिएपछि लामो समय गुमनाम जस्तै बसेको बैंकले अन्ततः पुँजी बढाउन ५० प्रतिशतको आकर्षक हकप्रद प्रस्ताव गरेको हो । 
 
बैंकको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लख ६७ हजार रूपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब चार करोड रूपैयाँ पुग्नेछ । 
 
मर्ज भाँडेपछि राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको योजना नल्याउँदासम्म बैंकको सेयर कारोबारसमेत खोल्न दिएको छैन । 
 
कुमारीको रिभर्ज कोषमा एक अर्ब ३८ करोड ८२ लाख रूपैयाँ छ । गत आर्थिक वर्ष बैंकले ७४ करोड रूपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।
 
 बैंकको प्रतिसेयर आम्दानी २७.४२ रूपैयाँ छ । बैंकको हकप्रद प्रस्ताव पारित हुन साधारण सभाले अनुमोदन गर्नुपर्छ । 

Post Your Comment