Market Closed

५० प्रतिशत हकप्रद ल्याउने निर्णयपछि कुमारीको सेयर कारोबार खुल्यो, क्रेताको ओइरो

29 Sep,2016
  • kumari_bank_resize_9_29_2016_11_36_02.jpg
नेपाली पैसा
काठमाडौं : कुमारी बैंकको बिहीबारदेखि सेयर कारोबार खुला भएको छ । 
 
चुक्ता पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले कुमारी बैंकको सेयर कारोबार खुला गर्न अनुमति दिएको हो । 
 
एनसीसीसहित इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक तथा इन्टरनेसनल डेभलपमेन्ट बैंकसँग मर्जमा जाने सहमति गरेको कुमारी पछि एकाएक मर्जबाट बाहिरिएको थियो ।
 
मर्ज भाँडेको भन्दै राष्ट्र बैंकले लामो समयसम्म पनि सेयर कारोबार खुला गर्न अनुमति दिएको थिएन । चुक्ता पुँजी बढाउने प्लान मागेको राष्ट्र बैंकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णयपछि मात्र कारोबार खुला गर्न स्वीकृति दिएको हो । 
 
यो बैंकको गत वर्षको बोनसपछि तीन सय ४७ रूपैयाँ समायोजन मूल्य कायम भएको छ । तर सवा ११ बजेसम्म बैंकको सेयर बिक्रेता कोही आएका छैनन् । सवा ११ बजेसम्म नै एक लाख ३२ हजार कित्ता बढीको सेयर क्रेता देखिएका छन् । 
 
बैंकको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लख ६७ हजार रूपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि बैंकको चुक्ता पुँजी चार अर्ब चार करोड रूपैयाँ पुग्नेछ । 
 
कुमारीको रिभर्ज कोषमा एक अर्ब ३८ करोड ८२ लाख रूपैयाँ छ । गत आर्थिक वर्ष बैंकले ७४ करोड रूपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो ।
 
 बैंकको प्रतिसेयर आम्दानी २७.४२ रूपैयाँ छ । बैंकको हकप्रद प्रस्ताव पारित हुन साधारण सभाले अनुमोदन गर्नुपर्छ । 

Post Your Comment