बैंकहरु बीच सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा, कुमारीले मुद्दतिमा १३% ब्याज दिने

06 Dec,2018
  • interest_12_6_2018_10_23_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंकहरुबीच ब्याजदर बढाउने झनै् प्रतिस्पर्धा चल्ने देखिएको छ । बैंकर्स संघले बैंकहरुलाई व्यक्तिगत मुद्दति निक्षेपमा स्वतन्त्र हिसाबले ब्याजदर निर्धारण गर्न सक्ने सुविधा दिएपछि ब्याजदर बढाउने प्रस्पिर्धा सुरु भएको हो ।

बुधबार जनता र माछापुच्छ्रेले क्रमशः १२ र १२.५०% ब्याजदर घोषणा गरे लगत्तै बिहीबार फेरि कुमारी बैंकले यी दुवैलाई उछिन्ने गरी व्यक्तिगत मुद्दतिमा १३% ब्याज दिने घोषणा गरेको छ । 

कुमारीले १३% ब्याजमा ३ वर्षसम्म मुद्दति निक्षेप स्वीकार गर्ने जनाएको छ । यसमा मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । यो खातामा न्यूनतम १० हजार रुपैयाँसम्म ब्लालेन्स हुनुपर्नेछ । 

    

Post Your Comment