Market Closed

कुमारी बैंकको २१.२५% बोनस सेयर नेप्सेमा भयो सूचीकृत

19 Jul,2019
  • listings_template_7_19_2019_1_07_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : कुमारी बैंकको २१.२५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले कुल १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर सूचीकरण गराएको हो । कुमारीको गत वैशाख २६ गते सम्पन्न २ आर्थिक वर्षको साधारण सभाले २१.२५% बोनस वितरण गर्ने निर्णय गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७३–७४ को नाफाबाट १२.७५% र २०७४–७५ को नाफाबाट ८.५०% गरी कुल २१.२५% बोनस सेयर वितरण गरेको थियो । 
 

Post Your Comment