Market Closed

नेप्सेमा थपियो ३५ लाख ८ हजार कित्ता सेयर, ३ कम्पनीको बोनस र हकप्रद सूचीकृत

09 May,2018
  • share_listing_5_9_2018_12_08_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा बुधबार कुल ३५ लाख ८ हजार १०५.६२ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । कन्काई विकास बैंकले बोनस तथा काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले हकप्रद सेयर सूचीकृत गराएका हुन् । कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कन्काईको ६.१६% बोनस सूचीकृत भएको हो ।
 
यसैगरी, काबेलीले ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर पनि सूचीकृत गराएको छ । यसले गत भदौमा बिक्री गरेको ५०% हकप्रद सूचीकरण गराएको हो । श्री इन्भेष्मेन्टले ८३% हकप्रद सेयर सूचीकृत गराएको छ । यसको २८ लाख ६७ हजार २२५.६२ कित्ता सेयर सूचीकरण भएको हो ।

Post Your Comment