Market Closed

कालिका लघुवित्तले माघ १९ मा एजीएम गर्ने, नेप्सेले लगायो सेयर कारोबारमा रोक

04 Jan,2019
  • AGM_1_4_2019_3_02_35.jpg
नेपाली पैसा
 
काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्थाले माघ १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि घोषणा गरेको ८% बोनस सेयर र ०.४२% नगद लाभांश साधारण सभामा पेश हुनेछ । 
 
साधारण सभाका लागि कालिकाले पुस २९ गतेदेखि बुक क्लोज गर्ने भएकाले पुस २८ गतेसम्म कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । 
 
यता, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने कालिकाको सेयर कारोबार रोक्का गरेको छ । कालिकाले बिहीबार मात्र ७५% हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो । कम्पनीले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी नेप्सेलाई सूचना पठाएपछि कारोबार रोक्का भएको हो ।
 
धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना तत्काल नेप्सेलाई जानकारी गराउनुपर्छ । तर कम्पनीले सूचना सम्प्रेशणमा ढिलाई गरेपछि २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिँदै नेप्सेले सेयर कारोबारमा समेत रोक लगाएको हो । यता, ७५% हकप्रद जारी गर्ने सञ्चालक समितिको निर्णय पनि सभामा पेश हुने कालिकाले जनाएको छ ।

Post Your Comment