Market Closed

नेप्सेमा कुन–कुन कम्पनीको भयो १ करोड ४ लाख २० हजार कित्ता हकप्रद र बोनस सूचीकृत ?

16 Nov,2017
  • share_listing_11_16_2017_4_15_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा बिहीबार ६ वटा कम्पनीको १ करोड ४ लाख २० हजार ५५०.७ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै कन्काई विकास बैंकको ३२ लाख १० हजार हकप्रद सेयर सूचीकृत भएको हो । त्यसैगरी, गुडविल फाइनान्सको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद र कामना सेवा विकास बैंकको २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद सेयर पनि सूचीकरण गरिएको हो । उता, प्राइम लाइफ इन्सुरेन्सको १२ लाख २० हजार ४०० कित्ता बोनस, सनराइज बैंकको ७ लाख १० हजार ७०९ कित्ता हकप्रद र नेपाल इन्सुरेन्सको १ लाख ४३ हजार ८०४.१० कित्ता बोनस पनि बिहीबार नै सूचीकृत भएको छ । 

 
 
 

Post Your Comment