Market Closed

कन्काईको २१४% हकप्रद सेयर तपाइको खातामा आयो कि आएन ?

24 Nov,2017
  • demat-account_11_24_2017_1_07_20.png
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकले २१४% हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत साउन ९ देखि भदौ ११ गतेसम्म बिक्री गरेको १ः२.१४ अनुपातको हकप्रद सेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । बैंकले ३२ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । कन्काईले भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीलाई भने सेयर अभौतिकिकरण गरेपछि स्वतः खातामा जम्मा गर्ने जानकारी दिएको छ । बैंकले हालसम्म पनि हितग्राही खाता नखोलेका सेयरधनीलाई हितग्राही खाता खोल्न पनि आग्रह गरेको छ । हाल कन्काईको चुक्ता पुँजी ४१ करोड ६० लाख रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ । 
 
 

Post Your Comment