Market Closed

कन्काईको ६.१६% बोनससहित कर तिर्न ०.३२% नगद, २१४% हकप्रद भर्नेले पनि पाउने

29 Nov,2017
  • Kankaii-development-bank-L_11_29_2017_11_29_57.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकले ६.१६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने भएको छ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि कायम हुने चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँको ६.१६% बोनस र ०.३२% नगद लाभांश दिने निर्णय गरेको हो । यसआधारमा, बैंकले बोनस वापत २ करोड ९० लाख रुपैयाँ र १५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांशका रुपमा दिनेछ । कन्काई विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ ।
 
 
 

Post Your Comment