Market Closed

कन्काई विकास बैैंकका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्दै, कति होला भाउ ?

17 Dec,2017
  • Kankaii-development-bank_12_17_2017_2_49_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकका एक जना संस्थापक सेयरधनीले १ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी माधव प्रसाद तिवारीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । यसमा कन्काई विकास बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको ३५ दिनभित्र बैंकमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । हाल कन्काई विकास बैंकको चुक्ता पुँजी ४१ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ । कन्काईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ । 
 
 
 
 
 
 

Post Your Comment