Market Closed

कन्काईको माघ १६ मा एजीएम, ६.१६% बोनस अनि ०.३२% नगद लाभांश प्रस्ताव, बुक क्लोज कहिले ?

08 Jan,2018
  • Kankaii-development-ba_1_8_2018_11_44_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकको एघारौं वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ । सभामा बैंकले जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पेश गर्दैछ । त्यसका लागि बैंककोे प्रबन्धपत्रमा संशोधन गर्नुपर्ने भएकाले अर्को विशेष प्रस्ताव पनि लगिने भएको छ । त्यस्तै, सभामा कन्काईले ६.१६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव पनि लैजानेछ । बैंकले बोनस सेयर वितरण गर्न २ करोड ९० रुपैयाँ र नगद लाभांशमा १५ लाख २६ हजार ३१६ रुपैयाँ खर्च गर्नेछ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि कायम हुने चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँबाट लाभांश वितरण गर्न लागेको हो । साधारण सभा गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल, दमक नगरपालिका झापामा दिउसो १ बजेबाट सुरु हुनेछ । बैंकको केन्द्रीय कार्यालय रहेको वडा नं परिवर्तन भएको हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफा संशोधन गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभामा आर्थिक वर्ष २०७३–७४ वार्षिक प्रतिवेदन र वासलात, नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ २ गते बुक क्लोज गर्नेछ । माघ १ गतेसम्म मात्र कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । कन्काईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ । 
 
 

Post Your Comment