Market Closed

कन्काई विकास बैंकको ६.१६% सुरक्षित गर्ने आज अन्तिम दिन, माघ १६ मा एजीएम

14 Jan,2018
  • Kankaii-development-ba_1_14_2018_11_15_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकको ६.१६% बोनस सुरक्षित गर्ने आइतबार (पुस ३० गते) अन्तिम दिन हो । माघ १६ मा साधारण सभा गर्न बैंकले माघ २ गते (१ दिन) बुक क्लोज गर्दैछ । सोमबार (माघ १ गते) माघे सक्रान्तिमा सार्वजनिक विदा परेकाले कन्काईको बोनस आइतबार नै सुरक्षित गरिसक्नुपर्नेछ । बैंकले बोनस सेयर वितरणमा २ करोड ९० रुपैयाँ र नगद लाभांशमा १५ लाख २६ हजार ३१६ रुपैयाँ खर्च गर्नेछ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि कायम हुने चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँबाट लाभांश वितरण गर्न लागेको हो । साधारण सभामा बैंकले जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पेश गर्दैछ । त्यसका लागि बैंककोे प्रबन्धपत्रमा संशोधन गर्नुपर्ने भएकाले अर्को विशेष प्रस्ताव पनि लग्दैछ । साधारण सभा गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल, दमक नगरपालिका झापामा दिउसो १ बजेबाट सुरु हुनेछ । बैंकको केन्द्रीय कार्यालय रहेको वडा नं परिवर्तन भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभामा आर्थिक वर्ष २०७३–७४ वार्षिक प्रतिवेदन र वासलात, नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । कन्काईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ ।
 
 

Post Your Comment