Market Closed

कन्काई विकास बैंकले कति कमायो दोस्रो त्रैमासमा ? महत्वपूर्ण सूचक यस्ता देखिए

31 Jan,2018
  • Kankaii-development-bank-Ltd__1_31_2018_5_16_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । तर बैंकको नाफा  गत वर्ष भन्दा १७.३४% ले घटेको हो । गत वर्ष कन्काईले २ करोड ३२ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ९.७३% ले बढेर ५ करोड ८५ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कन्काईले ५ करोड ३३ लाख ६० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफा भने घटेर २ करोड १५ लाख ४२ हजार रुपैयाँमा झरेको छ । जबकि गत वर्ष यहि त्रैमासमा बैंकले ३ करोड ६५ लाख ७ हजार रुपैयाँ सञ्चालन गर्न सफल भएको थियो । चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुर्याएको कन्काईको जगेडा कोषमा ९ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुर्याएको हो । कन्काईले यही पुँजीबाट ६.१६% बोनस वितरण पनि गर्दैछ । खराब कर्जा ०.७९% छ । गत वर्ष खराब कर्जा ०.४१% रहेको थियो । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने ११५ रुपैयाँ ८२ पैसा छ । 
 
 

Post Your Comment