Market Closed

कन्काईका २ जना संस्थापकले ३८ हजार २०१ कित्ता सेयर बेच्दै, कहिलेसम्म दिने निवेदन ?

05 Apr,2018
  • Kankaii-development-bank-Ltd__4_5_2018_4_23_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३८ हजार २०१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी कृष्णभक्त सुवेदीले ३५ हजार कित्ता र यज्ञराज पन्तले ३ हजार २०१ कित्ता सेयर बिक्री गर्न खोजेका हुन् । तर, सेयरको बिक्री मूल्य भने तोकिएको छैन ।

कन्काईका संस्थापक सेयरधनीले मात्र यसमा आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको मिति (चैत २२ गते) देखि ३५ दिनभित्र कन्काई विकास बैंकमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । त्यस अवधिमा संस्थापकले नकिनेमा भने सर्वसाधारणले पनि किन्न पाउनेछन् ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कन्काईले १ करोड ९१ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०८ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने ११५ रुपैयाँ ८२ पैसा छ । 
 

Post Your Comment