Market Closed

कन्काईको खुद नाफा ४.१३% घट्यो, ब्याज आम्दानी भने माथि लाग्यो

01 May,2018
  • Kankaii-development-bank-L_5_1_2018_12_05_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ४.१३% ले थोरै हो । गत वर्ष ३ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ४ करोड ९४ लाख रुपैयाँबाट घटेर ३ करोड ६६ लाख ८८ हजार रुपैयाँमा खुम्चिएको छ । 
 
खुद ब्याज आम्दानी भने १४.६२% ले बढेर ९ करोड २ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कन्काईले ७ करोड ८७ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप १ अर्ब ४२ करोडबाट बढाएर १ अर्ब ६७ करोड ७२ हजार रुपैयाँ पुर्याएको यस बैंकले १ अर्ब ५० करोड ७१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको कन्काईको जगेडा कोषमा ७ करोड ५६ लाख ८४ हजार रुपैयाँ छ । जगेडा कोष सुधार्ने चुनौती कन्काईलाई पनि उत्तिकै छ । सम्भावित जोखिमका लागि १ करोड ७१  लाख ९८ हजार रुपैयाँ छुट्याएको यो बैंकले १ करोड ८ लाख ३१ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

खराब कर्जा थोरै बढेर ०.८२% पुगेको छ । गत वर्ष यस्तो कर्जा ०.४२% थियो । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०४ पैसा (वार्षिक) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १० पैसा छ । 

http://www.nepalipaisa.com/documentviewer.aspx/KNBL/Kankai-Bikas-Bank-Ltd./file/kankai_bikas_bank_ltd,_3rd_qtr_2074_75_4_29_2018_12_24_00_PM.pdf

Post Your Comment